आईसीयू मै हिँड्न थाले प्रधानमन्त्री : आइप्याडमै हेरे सागको प्रत्यक्ष प्रशारण

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस पदार्थ पनि खुवाउन थालिएको छ। सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन्। आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ आइप्याडमा हेरेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सागको शुभारम्भ आईसीयू मा रहेर प्रत्यक्ष प्रशारण आइप्याडमा हेर्नुभयो’, प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँ खेलाडीहरूलाई निकै मनपराउनु हुन्छ।’

गत मंगलबाट एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ओलीको स्वास्थ्यमा अपेक्षित गतिमा सुधार भइरहेको र आइसीयुमै सामान्य हिँडडुल गर्न थालेको बताए। प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा.अरुण सायमीले ठोस आहार खुवाउन सुरु गरिएको बताए।

गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको थियो। एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) देखिएपछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा राखेर एक साता उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणका लागि मिर्गौला दिन दुई जना नातेदार तयार भएका छन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मिर्गाैला दिन तयार हुनेमा एक पुरुष र एक महिला रहेका छन्।

एपेन्डिसाइटिसको शल्यक्रिया भएका कारण घाउ निको हुन ढिला हुने भएकाले मिर्गाैला प्रत्यारोण भने पछि धकेलिएको डा. शाहले बताइन्। ‘मिति तथ भएको छैन मिर्गाैला दिनका लागि दुई जना आफन्त तयार हुनुहुन्छ’ डा. शाहले भनिन्। ‘अहिलेको शल्यक्रियाका कारण मिर्गौला प्रत्यारोपण धकेलिएको छ।’ मिर्गाैला प्रत्यारोपण कहाँ गर्ने भन्ने टुंगो नलागेको उनले जानकारी दिइन्। अहिले नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएकाले नेपालमै गर्नबारे पनि छलफल चलेको डा. शाहले बताइन्।

उपनिर्वाचन लगतै मिर्गाैला प्रत्यारोपण गर्ने तयारीसहित परामर्श भइरहेको थियो। मिर्गौला प्रत्यारोपणको तयारी हुँदै गर्दा अकस्मात एपेन्डिसाइटिस भएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले दोस्रो पटक मिर्गौला प्रत्यारोण गर्न लागेकाले निकै जटिल भएको र यस कुरामा आफूहरु संवेदनशील रहेको बताए। ‘प्रधानमन्त्री जस्तो व्यक्तिको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने काम जटिल र गम्भीर विषय हो यसमा सुझबुझपूर्ण निर्णय गरिने छ’ डा. सायमीले भने।

दुवै मिर्गाैला फेल भएपछि २०६४ सालमा ६ भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो समय उनलाई भाइबुहारी अञ्जना घिमिरेले मिर्गाैला दिएकी थिइन्। प्रत्यारोपण गरिएको मिर्गाैलाले पनि काम गर्न छाडेपछि ५औं पटक डायलासिस गराइसकेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्