कैलालीमा २६ लाख भारतीय रुपियाँसहित तीनजना पक्राउ

Machchapuchchre

धनगढी । कैलाली प्रहरीले २६ लाख भारतीय रुपियाँसहित तीनजना पक्राउ गरेको छ । भारतीय रुपियाँसहित पक्राउ परेका उनीहरूलाई आइतबार सरकारी वकील कार्यालय धनगढीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । प्रहरीका अनुसार उनीहरुले उक्त रकम गत कात्तिकमा भारतको बैङ्लोरबाट चोरी गरेर ल्याएको थिए ।

उनीहरूसहित कैलालीका रोशन सुनार र एक जना भारतीय नागरिकले करीब दुई करोड भारतीय रुपियाँ चोरेको र भारतीय प्रहरीले चारीमा संग्लन सुनार र भारतीय नागरिकलाई नियन्त्रणमा लिइसकेको छ ।

पैसा लिएर नेपाल आएका उल्लेखित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा चलाई तीनै जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरको जिम्मा लगाइने डीएसपी बस्नेतले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्