शैली सच्याउन ओली सरकारलाई गगन थापाको चेतावनी

Machchapuchchre

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले उपनिर्वाचनले नेकपालाई स्पष्ट सन्देश दिएको भन्दै सरकारको शैली सच्याउन चेतावनी दिएका छन् । थापाले ट्वीटरमार्फत ‘सरकारको शैली सच्याउ नत्र सकिन्छौ’ भनेका छन् । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले ‘सच्चिने वा सक्किने उसको कुरा’ भनेका छन् ।

थापाले नेपाली काँग्रेसले पनि उपचुनावमा खासै सफलता हासिल गर्न नसकेको स्वीकार्दै भनेका छन्, – तर सन्देश हामीलाई पनि त छ ।’ थापाले लेखेका छन्, – नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ । मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो कुरा ।’

शनिबार भएको उपचुनावमा नेकपाले ५२ मध्ये ३० र कांग्रेसले १३ सिट जितेको थियो । तर कांग्रेसले भक्तपुरबाट प्रदेश सांसद र धरान उपमहानगरपालिकाबाट मेयर खोस्न सफल भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्