आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

Machchapuchchre

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले १ डिसेम्बरमा पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । यसअघि प्रतिलिटर १ सय ७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढाएर पठाएको भएपनि त्यसको मूल्य भने नबढाइएको निगमका प्रवक्ता गोइतको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्