वाशिंगटनस्थित भारतीय दूतावासमा एनआरएनले बुझायो विरोध पत्र

वाशिंगटन । अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा नेपालको भूमि अतिक्रमणविरुद्ध विरोध पत्र पेश भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विरोध पत्र पेश गरेको हो । भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएकाले विरोध पत्र पेश गरिएको एनआरएनए अमेरिकाले जनाएको छ । विरोधपत्र […]

प्रेस काउन्सिलको विभेद बिरुद्ध देशभरका पत्रकारहरु आन्दोलित, काठमाडौँमा अन्तरक्रिया सम्पन्न

काठमाडौं। पत्रकार महासंघ र विभिन्न पेशागत संघ संगठनहरुमा आबद्ध पत्रकारहरु प्रेस काउन्सिलको कार्यशैलीबिरुद्ध आन्दोलित भएका छन् । प्रेस काउन्सिलले जारी गरेको ०७४/०७५ को पत्रिका वर्गीकरणको नतिजा भेदभावपूर्ण र पूर्वाग्रही रहेको भन्दै पुनरावलोकन गर्न माग गर्दै आन्दोलन घोषणा गरेका पत्रकारहरुले आज राजधानी काठमाडौँमा बृहत अन्तरक्रियाको आयोजना गरेका छन् । अन्तरक्रियामा बोल्ने अधिकांस पत्रकार संघसंगठनका नेताहरुले प्रेस […]

निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास सम्भव छैन – प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने र मुनाफा कमाउने सुनिश्चितता गर्न सकेमा मात्र देशमा आर्थिक समृद्धि आउने बताएका छन् । शुक्रवार सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ मा पूर्वप्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास सम्भव नरहेको बताए । संविधानले निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यबारेको व्यवस्था […]

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याए बापत कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि १ […]

सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न हतार गर्नहुँदैन : प्रचण्ड

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने दोहोर्‍याएका छन् । बिहीबार धनगढीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र छलफलबाटै सीमा विवाद अन्त्य हुने भएकाले अन्तर्राष्ट्रियकरण गर्न हतार गर्न नहुने बताए । ‘हामीले पहिला राजनीतिक र कूटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने […]

उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता समाप्त

निर्वाचन आयोगले उपनिर्वाचनको लागि लागू भएको आचारसंहिता समाप्त भएको जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी कात्तिक ८ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता आयोगको मङ्सिर १७ गतेको निर्णयानुसार कार्यान्वयनको समय समाप्त भएको आयोगले जनाएको छ । आयोगले मौन अवधिमा पालना गर्नुपर्ने आचारणबमोजिम विभिन्न राजनीतिक दल तथा उम्मेदवारले […]

न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

काठमाडौँ । न्याय परिषद सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पदबाट राजीनामा दिएका छन् । सदस्य वैदिकले नेपालको संविधान २०७२ को धारा धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहायको (क) बमोजिम बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्यू समक्ष श्री पदमप्रसाद वैदिकले नेपालको संविधान २०७२ […]

शुक्रबार र शनिबार कलंकीदेखि कोटेश्वरसम्म चार घण्टा सवारी चलाउन नपाइने

काठमाडौं । भोलि शुक्रबार र पर्सी शनिबार चार घण्टा कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको मुख्य लेनमा सवारी साधन चलाउन ट्राफिक प्रहरीले रोक लगाउने भएको छ। मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ। साग खेलकुदमा यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुदैँछ। त्यसका लागि नै मुख्य […]

नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका बागलुङ सचिव गिरफ्तार

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपालका जिल्ला सचिवलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाले दिएको जानकारी अनुसार । युवा सङ्गठन बागलुङका सचिव रमेश अविरल बुधबार गिरफ्तार परेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबारअविरललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको उक्त सङ्गगठनले जनाएको छ । उनको […]

भुटानमाथि नेपालको ऐतिहासिक जित, कप्तान मल्ल यसरी चम्किए

काठमाडौं । नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको खेलमा ऐतिहासिक जीत निकालेको छ । नेपालमा जारी १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत विहीवार(आज) को खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले […]