नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका बागलुङ सचिव गिरफ्तार

Machchapuchchre

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपालका जिल्ला सचिवलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाले दिएको जानकारी अनुसार । युवा सङ्गठन बागलुङका सचिव रमेश अविरल बुधबार गिरफ्तार परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबारअविरललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको उक्त सङ्गगठनले जनाएको छ । उनको साथबाट नेकपासम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्