सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न हतार गर्नहुँदैन : प्रचण्ड

Machchapuchchre

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने दोहोर्‍याएका छन् । बिहीबार धनगढीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र छलफलबाटै सीमा विवाद अन्त्य हुने भएकाले अन्तर्राष्ट्रियकरण गर्न हतार गर्न नहुने बताए ।

‘हामीले पहिला राजनीतिक र कूटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ । अहिले सुरुमा नै अन्तर्राष्ट्रियकरण गर्ने भन्यो भने यो समस्या झन् जटिल हुनसक्छ’–उनले भने ।

सरकारले सर्वपक्षीय बैठकमार्फत् राष्ट्रिय धारणा बनाइ भारतलाई राजनीतिक र कूटनीतिक पहलबाट सीमा विवाद समाधान गर्ने विषयमा पत्र पठाइसकिएको उल्लेख उनले उल्लेख गरे । ‘सरकारले एउटा पत्र भारतलाई पठाएको छ, परराष्ट्र मन्त्रालयमार्फत्’–उनले भने–‘सायद, त्यसको उत्तर आइसकेको छैन ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्