सबै समुदायको साझा प्रयासबाटै मुलुकको समृद्धि सम्भव छ – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको साझा प्रयासबाट नै देशको मुलुकको आर्थिक विकास सम्भव भएको बताएका छन् । तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै प्रचण्डले लामो प्रतीक्षापछि आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेकाले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको सहयोगको […]

प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी

दाङ । प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । बिहीबार बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । दाङको घोराहीमा सम्पन्न प्रदेश ५ को राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी नेकपाका उम्मेद्वारहरु बाँयाबाट […]

प्रदेश २ को राष्ट्रिसभामा नेकपा-राजपा गठबन्धन विजयी

जनकपुर । राष्ट्रियसभाका रिक्त ४ पदका लागी प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा नेकपा-राजपा गठबन्धन विजयी भएको छ । साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ […]

घरजग्गा बिक्रीदेखि रेल विभागमा विदेशी कर्मचारी नियुक्तसम्म मन्त्रिपरिषद्का ३२ निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठका ३२ निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ। यस्तै, जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालनका […]

दीपक मनाङेविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ पूर्जीका लागि प्रशासनमा निवेदन

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध पक्राउ पूर्जी जारीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध […]

प्रदेश २ मा राष्ट्रियसभा मतदान जारी, मुख्यमन्त्रीले खसाले पहिलो भोट

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश २ मा पनि बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएको छ । बिहान १० बजेदेखि जनकपुरधामस्थित महेन्द्र नारायण स्मृति सदनमा मतदान सुरु भएको हो । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिलो मतदान गरे । प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उप प्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ । मतदान […]

विनानिष्कर्ष टुंगियो देउवा निवासमा तीन घण्टा बसेको बैठक, शुक्रबार फेरि बस्ने

काठमाडौं । नेपाली कांंग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगियो । पार्टीमा देखिएको विवादका विषयमा छलफल गर्न बसेको बैठकले ठोस निष्कर्ष निकाल्न सकेन । बैठक पुनः शुक्रबारका लागि बोलाइएको कांंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले भने, ‘बैठक झण्डै तीन घण्टा चलेको थियो । पार्टीमा देखिएको विवादका विषयमा सबै […]

भारतमा प्रजातान्त्रिक अभ्यास खस्किएको सूचांक सार्वजनिक

काठमाडौं । भारतमा प्रजातान्त्रिक अभ्यास खस्किदै गएको सूचांक सार्वजनिक भएको छ । ब्रिटेनले प्रकाशन गर्दै आएको प्रशिद्ध अन्तर्राष्ट्रिय पत्रिका द इकोनोमिष्टले वार्षिक रुपमा सार्वजनिक गर्दै आएको डेमोक्रेसी इंडेक्समा भारतको प्रजातान्त्रिक अभ्यास खस्किएको जनाइएको हो । १ सय ६५ वटा मुलुकलाई समेटेर गरिएको अनुसन्धानमा भारतको अवस्था सन् २०१८ को तुलनामा सन् २०१९ मा १० स्थान तल […]

माघमा सुरु नहुने कार्यक्रमको बजेट फिर्ता हुन्छ – सञ्चारमन्त्री बाँस्काेटा

काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन् । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६-०७७ मा सञ्चालन गरिने कार्यक्रमको बुधबार सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा […]

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा भोलि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारी सकिएको कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताए । निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको र […]