घरजग्गा बिक्रीदेखि रेल विभागमा विदेशी कर्मचारी नियुक्तसम्म मन्त्रिपरिषद्का ३२ निर्णय सार्वजनिक

Machchapuchchre

काठमाडौँ । सरकारले माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठका ३२ निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ। यस्तै, जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालीनागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ।

गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसारव्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने निर्णय समेत गरेको प्रवक्ता बाँस्कोटाले बताए। बैठकले सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्