सबै समुदायको साझा प्रयासबाटै मुलुकको समृद्धि सम्भव छ – प्रचण्ड

Machchapuchchre

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको साझा प्रयासबाट नै देशको मुलुकको आर्थिक विकास सम्भव भएको बताएका छन् ।

तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै प्रचण्डले लामो प्रतीक्षापछि आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेकाले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको सहयोगको खाँचो औँल्याए ।

अध्यक्ष दाहालले ल्होछारले सबै समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्