निर्देशन नै नटेरेपछि मन्त्रालयलाई ताकेता गर्ने संसदीय समितिको निर्णय

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ । समितिको आजको बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयन बारे जवाफ माग गर्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निणर्य गरेको हो । समितिका सभापति रामनारायण बिडारीले […]

नेविसंघका नेताहरु ३६ दिनदेखि रिले अनसनमा, विधान कार्यान्वयन गर्न माग

काठमाडौं । विधान कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का नेताहरु ३६ दिनदेखि रिले अनसन बसेका छन् । नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नभएको भन्दै केहि नेताहरुहरु अनसन बसेका हुन् । विधानमा नेविसङ्घको अध्यक्ष […]

नेकपाका बैतडी जिल्ला अध्यक्षको घरमा बम फेला, गाउँपालिकामा आगजनी

बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ […]

प्रदेश २ – राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा

जनकपुरधाम । प्रदेश नं.२ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने कर्मचारीको तालिम सम्पन्न भइसकेको तथा निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए । निर्वाचनका लागि जनकपुरस्थित महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा […]

‘रेल्वे विधेयक-२०७६’मा सत्तारुढ नेकपाका तर्फबाट ७७ वटा संशोधन

काठमाडौं । सरकारले हालै ल्याएको ‘रेल्वे विधेयक-२०७६’ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट ७७ वटा संशोधन परेको छ । जसमा रेल्वे सञ्चालनसम्बन्धी विदेशीसँगको सम्झौता सदनबाट पास हुनुपर्नेदेखि रेल सञ्चालका लागि गठन हुने संयन्त्रको संरचनामा फेरबदल गर्नुपर्नेसम्मका छन् । विधेयकमा ११० वटा दफा छन् । अधिकांश दफामा नेकपाका सांसदहरु ठगेन्द्र प्रकाश पुरी, शेरबहादुर कुँवर, […]

सभामुखमा अग्नी सापकोटाको एकल उम्मेदवारी, १२ गते निर्विरोध निर्वाचित भएको घोषणा हुने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको […]

ओलीले काठमाडौं र मोदीले दिल्लीमा स्वीच थिचेर गरे एकीकृत जाँच चौकी उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरको भेडियारी (बुधनगर)मा निर्मित एकीकृत जाँच चौकी (आईसीपी)को संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारत सरकारले निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको उक्त चौकीको ओलीले काठमाडौं र मोदीले दिल्लीमा स्वीच थिचेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग […]

सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिए […]

ललिता निवास जग्गा प्रकरणमा सीआईबीको प्रतिवेदन, क-कसलाई हुनेभयो कारबाही ?

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरूमाथि भ्रष्टाचारको आरोपका अतिरिक्त ठगी र किर्तेको अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । कृष्ण ज्ञवाली र मातृका दाहालले कान्तिपुर समाचार लेखेका छन् । भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको १ सय १४ रोपनी जग्गा हिनामिनाको घटना अनुसन्धान गरेको सीआईबीले उच्च पदस्थ सरकारी […]

महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसद बैठक ३ मिनेटमै स्थगित

काठमाडौँ । महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ । सोमबार बसेको दोस्रो बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि घोषणा गरे । उनको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेको थियो । यसअघि आजै बसेको पहिलो बैठकमा उपसभामुख तुम्वाहाङफेले पदबाट राजीनामा दिएकी थिइन् ।