महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसद बैठक ३ मिनेटमै स्थगित

Machchapuchchre

काठमाडौँ । महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ । सोमबार बसेको दोस्रो बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि घोषणा गरे ।

उनको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेको थियो । यसअघि आजै बसेको पहिलो बैठकमा उपसभामुख तुम्वाहाङफेले पदबाट राजीनामा दिएकी थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्