ओलीले काठमाडौं र मोदीले दिल्लीमा स्वीच थिचेर गरे एकीकृत जाँच चौकी उद्घाटन

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरको भेडियारी (बुधनगर)मा निर्मित एकीकृत जाँच चौकी (आईसीपी)को संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारत सरकारले निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको उक्त चौकीको ओलीले काठमाडौं र मोदीले दिल्लीमा स्वीच थिचेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रुपैयाँ १ अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्