विनानिष्कर्ष टुंगियो देउवा निवासमा तीन घण्टा बसेको बैठक, शुक्रबार फेरि बस्ने

Machchapuchchre

काठमाडौं । नेपाली कांंग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगियो । पार्टीमा देखिएको विवादका विषयमा छलफल गर्न बसेको बैठकले ठोस निष्कर्ष निकाल्न सकेन । बैठक पुनः शुक्रबारका लागि बोलाइएको कांंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘बैठक झण्डै तीन घण्टा चलेको थियो । पार्टीमा देखिएको विवादका विषयमा सबै नेताहरुले आ–आफ्ना कुराहरु राख्नुभयो । बैठक शुक्रबार ९ बजे पुनः बस्नेछ ।’ बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्ण सिटौला र प्रकाशमान सिंह लगायत सहभागी थिए ।

उनीहरुले कार्यदल स्तरमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए । गत पुस ११ गते देउवा समुहका केन्द्रीय सदस्य मात्रै उपस्थित बैठकले १४ औं महाधिवेशनलगायत निर्णय गरेपछि पौडेल र सिटौला पक्ष रुष्ट बनेका थिए ।

उनीहरुले महाधिवेशनको कार्यतालिका सच्याउनुपर्ने, क्रियाशील सदस्यता छानविनका लागि समिति बनाउनुपर्ने लगायत माग अघि सारेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्