भारतमा प्रजातान्त्रिक अभ्यास खस्किएको सूचांक सार्वजनिक

Machchapuchchre

काठमाडौं । भारतमा प्रजातान्त्रिक अभ्यास खस्किदै गएको सूचांक सार्वजनिक भएको छ । ब्रिटेनले प्रकाशन गर्दै आएको प्रशिद्ध अन्तर्राष्ट्रिय पत्रिका द इकोनोमिष्टले वार्षिक रुपमा सार्वजनिक गर्दै आएको डेमोक्रेसी इंडेक्समा भारतको प्रजातान्त्रिक अभ्यास खस्किएको जनाइएको हो ।

१ सय ६५ वटा मुलुकलाई समेटेर गरिएको अनुसन्धानमा भारतको अवस्था सन् २०१८ को तुलनामा सन् २०१९ मा १० स्थान तल झरेको देखाइएको छ । डेमोक्रेसी इंडेक्समा भारत सन् २०१९ मा ५१ स्थानमा छ यो अघिल्ला वर्षको तुलनामा १० स्थान तल हो ।

संसारमा सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास भएको मानिने भारतमा नागरिक स्वतन्त्रतामा भएको ब्यापक कटौतीले डेमोक्रेसी इंडेक्स खुम्चिएको उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्