सिर्जना फाइनान्सलाई सनराइज बैंकले आफ्नो बैंकसंग मर्ज गर्ने

Machchapuchchre

अर्थ राजनीति । सनराइज बैंकले सिर्जना फाइनान्सलाई आफ्नो बैंकसंग मर्ज गर्ने भएको छ । मर्जर  सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदनको आधारमा स्वाप रेसियो तय गर्ने सम्झौता भएको छ । सिर्जना फाइनान्स बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको वित्तीय कम्पनी हो । सिर्जना फाइनान्सले २१ वटा शाखामार्फत सेवा दिइरहेको छ भने मर्जर पछी सिर्जना फाइनान्स सनराइज बैंकमा परिणत भई त्यसैबाट सेवा प्रदान गर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्