दीपक मनाङेविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ पूर्जीका लागि प्रशासनमा निवेदन

Machchapuchchre

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध पक्राउ पूर्जी जारीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका छन् । पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले गुरुङमाथि हातपात गरेका थिए । मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्