मन्त्रालयमा हुने भ्रष्टाचारको सुक्ष्म अध्ययन गर्न छायाँ मन्त्रीहरुलाई देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारजन्य गतिविधिको सुक्ष्म ढंगले अध्ययन गर्न निर्देशन दिएका छन् । सरकारका कामकारबाहीको निगरानी गर्न भनेर गठन गरिएको छायाँ सरकारको पहिलो बैठकलाई आइतबार सम्बोधन गर्दै देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारको सुक्ष्म ढंगले अध्ययन गर्न छायाँ मन्त्रीहरुलाई निर्देशन […]

प्रधानमन्त्री ओलीसहित यी ४ जनाविरुद्ध अख्तियारमा पर्यो उजुरी, यस्तो छ कारण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरी पर्नेहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, निबर्तमान संचारमन्त्री गोकुल बास्कोटा त्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले उजुरी दिएका हुन । उजुरीमा, ‘प्रधानमन्त्री […]

डा. युवराज खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकिदिएकी हुन् । पदभार […]

कांग्रेसको पहिलो छाया मन्त्रिपरिषद बैठक- मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ । बैठकपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भयानक छ […]

बालुवाटारमा प्रधानमन्त्री ओलीको बर्थडे सेलिब्रेसन, तेह्रथुममा सार्वजनिक बिदा

काठमाडाैं । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए । उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीका परिवारका केही सदस्यहरु र सचिवालयका सदस्यहरु बसेर बधाइ साटासाट […]

एमसीसी देशको हितमा छ, बिबाद गर्नुको औचित्य छैन : अध्यक्ष थापा

अत्तरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देशमा भ्रष्टाचार बढेको बताएका छन् । उनले नीतिगत भ्रष्टाचारसमेत मौलाएको आरोप लगाए । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आमूल परिवर्तनको नारा लगाउनेहरु नै भ्रष्टाचारमा डुबेको आरोप लगाएका हुन् । अध्यक्ष थापाले भने, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती […]

चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह

एजेन्सी । दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्। शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड-१९ देखिएको छ […]

यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न नेकपा कार्यदलको सुझाव

काठमाडाैं । सत्तारुढ नेकपाले बनाएको अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सुझावसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य भीम रावलले […]

नेपालमा कोरोना भाइरसको खतरा छैन, निर्धक्क भएर घुम्न आउनुस – टान अध्यक्ष सुवेदी

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरसको चिन्ता नगरी विश्वका पर्यटकलाई ढुक्कसँग नेपालमा भ्रमण गर्न आह्वान गरेका छन् । विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै सुवेदीले ‘भिजिट नेपाल २०२०’ सफल गर्न समेत आग्रह गरे । अध्यक्ष सुवेधीले चीन हाम्रो निकट छिमेकी देश भएकोले कोरोना भाइरसको […]

अखिल क्रान्तिकारीले दियो त्रिविमा ज्ञापनपत्र, नेताहरु रिहा नगरे प्रतिउत्पादक हुने चेतावनी

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले स्ववियु चुनाव र आफ्नो संगठनका अध्यक्षसहितका नेता कार्यकर्ताको गिरफ्तारीको विरोध गर्दै चारबुँदे ज्ञापनपत्र बुझाएको हो । संगठनका उपाध्यक्ष रुद्र भट्टराईले विहीबार त्रिविका कुलपतिलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा स्ववियु चुनावको तयारीमा रहेका संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष […]