नेपालमा कोरोना भाइरसको खतरा छैन, निर्धक्क भएर घुम्न आउनुस – टान अध्यक्ष सुवेदी

Machchapuchchre

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरसको चिन्ता नगरी विश्वका पर्यटकलाई ढुक्कसँग नेपालमा भ्रमण गर्न आह्वान गरेका छन् । विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै सुवेदीले ‘भिजिट नेपाल २०२०’ सफल गर्न समेत आग्रह गरे ।

अध्यक्ष सुवेधीले चीन हाम्रो निकट छिमेकी देश भएकोले कोरोना भाइरसको सम्भावित खतरा मुलुकको रुपमा विदेशी पर्यटकले हेर्नु स्वभाविक भए त्यो यथार्थ नभएको बताउँदै भने,“नेपालमा केरोनाको खतरा छैन किनभने त्यसको उद्गम स्थल उहान र नेपालको सिमाना करिब–करिब ३ हजार किलोमिटर टाडा छ, त्यति मात्रै नभएर अहिलेसम्म नेपालमा एकजना पनि संक्रमित नहुनुले त्यो पुष्टि पनि गर्छ ।”

कोरोनाको खतराप्रति पर्यटन व्यवसाहीहरु पनि त्यति धेरै आतिहाल्ने बेला आइनसकेको धारणा राखेका छन् । उनले अफूहरु र सम्बन्धित मन्त्रालयहरुबीचमा यस विषयमा आशालाग्दो कुराकानी भए पनि सरकारले त्यो किसिमको आधिकारीक धारणा बाहिर नल्याएको गुनासो गर्दै अगाडि भने, “हामी व्यवसायीले भनेर मात्रै विदेशीहरु विश्वस्थ हुँदैनन्, त्यसैले सरकारले अत्याधिक पर्यटक भित्र्याउन कोरोना सम्बन्धित सकारात्मक आधिकारिक धारणा मार्फत आह्वान गर्नुपर्छ ।”

नेपालमा चीनका ३२ ओटा कनेक्टिङ फ्लाइट गरेर दैनिक ८० ओटा जति फ्लाईट गर्ने गरेको र ३२ ओटा फ्लाइट मार्फत विश्वका अन्य देशहरुबाट चीन हुँदै नेपाल भ्रमणमा आउने गरेको तर हाल त्यो रोकिएको जानकारी दिए, यसले अप्रत्यक्ष असर परेको उनको भनाई छ । अध्यक्ष सुवेदीले अप्रत्यक्षरुपमा प्रभाव परे पनि आफूहरु कत्ति पनि नगलेको धारणा राख्दै भने,“विगतको इतिहासलाई हेर्दा चिनियाँ पर्यटक नआउँदा पनि अन्य देशका पर्यटकहरुले नेपालको व्यवसायलाई धानेको अवस्था हो, यस भिजिट २०२०लाई पनि सफल पार्न अन्य देशका पर्यटक तान्ने प्रयासमा लागि सकेका छौं ।”

पर्यटन व्यवसायको अभिभावक मन्त्रालयकारुपमा रहेको पर्यटन मन्त्रालय वर्तमान समस्याको विषयमा उच्च सतर्क रहेको र समाधानका निम्ति हरदाम पहलकदमी लिइरहेकोप्रति धन्यवाद दिए । उनले पर्यटन क्षेत्रमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभाव परेको क्षेत्र भएकोले पर्यटन मन्त्री योगेश भट्टराई आफैले यसमा विशेष ध्यान दिएको जानकारी दिदै भने,“मन्त्रीज्युले कुईक रेस्पन्स टिम खडा गरेर कुन–कुन देशका पर्यटकलाई कस्तो प्रभाव परेको छ, के समस्या भएको हो र भोलि के गर्ने भन्ने विषयमा उहाँ आफै लागिरहनुले हाम्रो मनोबल बढेर गएको छ ।”

अध्यक्ष सुवेदीले चिनियाँ पर्यटकहरुको विषयमा अहिले केही समय ‘ओइट एण्ड सि’को अवस्था रहेको बताए । भारत, युरोप, अमेरिका र अरब मुलुकहरुमा पर्यटन सम्बन्धि प्रचारप्रसार तथा प्रबद्र्धन गरेर चिनियाँ पर्यटकको ठाउँ परिपूर्ति गर्ने अभ्यासमा लागेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता तथा अपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख सागर दाहालले चीनबाट ल्याइएका १७५ नेपाली विद्यार्थीहरु सबै स्वस्थ रहनुले हाम्रो देश खतरा मुक्त रहेको धारणा राखे ।

त्यसैगरी नगरिक अगुवा डा.सुन्दरमणी दिक्षितले नेपाल सरकारले आवाश्यक पूर्व तयारी नगरेको आरोप लगाए । स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नबराज बस्नेतले नेपाल सरकार समान्य मास्कमा त कमिसन खोरहरुको भरमा पर्ने हो भने यस्तो ठूलो खतरा थेग्न नसक्ने चिन्ता व्यक्त गरे । स्वास्थ्यकर्मी डमबर रावलले नेपालमा वेलैमा आवाश्यक तयारी गर्नु पर्ने धारणा राखे । चिनियाँ मिडिया गु्रफ नेपाल प्रमुख चाङ युवे‘वर्षा’ले चीनमा विस्तारै कोरोना भाइरस नियन्त्रण हुँदै गएकोले अब अत्तिहल्ले अवस्था नभएको धारणा रािखन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्