प्रधानमन्त्री ओलीसहित यी ४ जनाविरुद्ध अख्तियारमा पर्यो उजुरी, यस्तो छ कारण

Machchapuchchre

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरी पर्नेहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, निबर्तमान संचारमन्त्री गोकुल बास्कोटा त्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले उजुरी दिएका हुन ।

उजुरीमा, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण जानकारीमा आएपछि पनि कारबाही गर्नुको सट्टा ढाकछोपमा लागेको हुनाले यस बिषयमा प्रधानमन्त्रीको पनि सलग्नता रहेको पुष्टि हुन्छ भनिएको छ ।

सोहि केशमानिबर्तमान संचारमन्त्री तथा सरकारका प्रबक्ता गोकुल प्रसाद बास्कोटा बिरुद्द सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले पनि आजै आयोगको कार्यालयमा उजुरी दर्ता गरेका छन् । अख्तियारमा दर्ता गरिएको उजुरीमा बाँस्कोटालाई भ्रस्टचारजन्य कसुरमा कारवाही गर्न माग गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्