भिसा थप गर्ने प्रक्रियामा अनियमितता हुने गरेको भन्दै बंगलादेशी विद्यार्थीद्वारा परराष्ट्रमन्त्री ज्ञवालीको ध्यानाकर्षण

काठमाडौँ । बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीले भिसा थप गर्ने प्रक्रियामा अनियमितता हुने गरेको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएका छन् । बंगलादेशमा चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) को अध्ययन अवधि ६ वर्षको भए पनि नेपालीले प्रत्येक वर्ष शुल्क तिरेर विद्यार्थी भिसा एक्स्टेन्सन गर्नु परिरहेको उनीहरूको गुनासो छ। नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशले ढाका भ्रमणमा रहेका ज्ञवालीलाई […]

कम्युनिस्टको संस्कार र प्रवृत्तिमा धेरै समस्या बढे- अध्यक्ष प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको बताएका छन् । घुस का’ण्डमा मुछिएपछि नेकपाका केन्द्रीय सदस्य समेत रहेका गोकुल प्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिनु परेको दोस्रो दिन भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संस्कार, विचार, राजनीति र प्रवृत्तिमा थुप्रै […]

बाँस्कोटामाथि कारबाही नभएसम्म कांग्रेसले संसद् चल्न नदिने

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ मेसिनमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिकलगत्तै बिहीबार विपक्षी कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गर्‍यो। सोही समयमा बोलाइएको प्रतिनिधिसभा बैठक बस्ने कि नबस्ने भन्ने अनिश्चित थियो। कांग्रेसले प्रतिनिधिसभामा पनि अवरोध गर्ने स्पष्ट गरिसकेपछि नेकपाका नेता अन्योलमा परे। यस्तै बाँस्कोटाको राजीनामा आउँछ कि आउँदैन भन्ने दुविधा त छँदै थियो। […]

आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनाथीको भीड

काठमाडौं । हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि […]

प्रचण्डसँग छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले बाँस्कोटालाई बालुवाटार बोलाए

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि उनलाई राजीनामा गराउन नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । विहीवार(आज) विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको बैठकमा प्रचण्डले कमिसन माग गरिएको अडियो सार्वजनिक भएका कारण मन्त्री बाँस्कोटालाई राजनीनामा गराउन ओलीलाई सुझाव दिएका हुन् । प्रचण्ड निकट […]

जर्मनीमा बन्दुकधारीको आक्रमणबाट ८ जना मारिए

काठमाडौं । जर्मनीका २ बारमा बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ । जर्मनको पश्चिम सहर हनाउका २ बारमा स्थानीय समयानुसार गएराति १० बजे घटना भएको हो । घटनामा ५ जना घाइते भएका छन् । स्थानीयले बताएअनुसार, सुरुमा हनाउस्थित सिसा बारमा गोली चलेको थियो । त्यहाँ ३ जनाको मृत्यु भएको जनाइएको छ । त्यसपछि बन्दुकधारी […]

मन्त्री बास्कोटालाई बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ,‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण उद्दत […]

प्रतिनिधि सभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने

काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा बिहीबार सांसद्ले उठाएका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने भएका छन् ।दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयसम्बन्धी प्रश्न सोधिने र तिनको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिले अख्तियार दुरुपयोग […]

अडियो प्रकरणबारे सञ्चारमन्त्रीले ३ बजे आफ्नो धारणा सार्वजनिक गर्ने

काठमाडौं । घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् ।अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपममै भन्ने बताए । उनले बिहीबार मन्त्रिपरिषदको […]

सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घुस लिन गरेको गोप्य कुराकानीको अडियो सार्वजनिक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको कुराकानीको अडियो टेब सार्वजनिक भएपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । अनलाइन पत्रिका हाम्राकुरा डटकमका सम्पादक अजय सिवाकोटीले लेखेको समाचारमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धित रहेर कुराकानी […]