एमसीसीबारे सरकारको धारणा प्रष्ट छ, संसदमा पेश भइसक्याे : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको धारणा प्रष्ट रहेको बताएका छन् । बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले एमसीसी बारेको प्रस्ताव संसदमा पेश भइसकेको बताउँदै यसबारे सरकारको धारण प्रष्ट रहेको बताए । उनले एमसीसी अध्ययनका लागि सत्तारुढ दल नेकपाको कार्यदलले अध्ययन […]

सम्पादकहरुद्वारा चिनियाँ दूतावासबाट जारी वक्तव्यको भर्त्सना

नेपाली एक निजी मिडियामा छापिएको लेखबारे नेपालका चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आपत्ति जनाएका छन्। बुधबार १७ सम्पादकहरुले एक विज्ञप्ति जारी गर्दै दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाएका हुन् । मंगलबारको काठमान्डु पोष्टमा छापिएको ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकको समाचारमा चीनको युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाएको फोटोबारे दूतावासले विज्ञप्ति जारी […]

कूटनीतिक पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुन्छ – प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताएका छन् ।कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ […]

प्रजातन्त्र स्थापनापछि नै मुलुक मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको हो – सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन्। सत्तरीऔं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज प्रेस वक्तव्यमार्फत उनले फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरे। विसं २००७ कात्तिक २६ देखि प्रारम्भ […]

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ३२९ जनाको कैद मिनाहा

काठमाडौं । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा बुधबार काठमाडौंको टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ […]

रुसी राष्ट्रपति पुटिनका प्रमुख रणनीतिकार बर्खास्त

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मानिने एक रणनीतिकारलाई भ्लादिस्लाफ सुर्कोफलाई बर्खास्त गरेका छन्। राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पुटिनको मस्तिष्क अर्थात पछाडिको शक्तिका रूपमा समेत चित्रित गरिन्थ्यो। पुटिनको शक्ति मजबुत पार्न सघाउने एक सहयोगीका रूपमा चिनिएका सुर्कोफलाई किन पदच्यूत गरियो भन्नेबारे केही पनि खुलाइएको छैन। सुर्कोफले युक्रेन बारेको रुसी नीतिलाई […]

अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताएका छन् । युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए । “राज्यको तर्फबाट विगतमा कहिल्यै पनि […]

कांग्रेसले दियाे संसद अवरुद्ध गर्ने चेतावनी, प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन माग

रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले – प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो नलगाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको हो । संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस […]

बालुवाटार जग्गा प्रकरणमा न्यायाधीश गौतमले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । कानून सेवाको उपसचिवको रुपमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहँदा बालुवाटारको सरकारी जग्गामा बाटो लगायतका पूर्वाधार बनाउने कार्यमा आफू निर्णयकर्ताको भूमिका नरहेकाले आफूविरुद्ध लगाइएको मुद्दा खारेजीका माग गर्दै जिल्ला […]

पूर्व सभामुख महरालाई संसद जाने बाटो खुल्यो, सफाइ पाएको बारे संसदलाई जानकारी

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएको विषय संसदमा जानकारी गराइएको छ । यससँगै महराले सांसदको रुपमा संसदका बैठकमा सहभागी हुने तथा कार्य गर्ने बाटो खुलेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सदस्य महराले जबरजस्ती करणी उद्योगको मुद्दाबाट सफाइ पाई थुनामुक्त भएको व्यहोरा जानकारी गराए । मंगलबार […]