कांग्रेसले दियाे संसद अवरुद्ध गर्ने चेतावनी, प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन माग

Machchapuchchre

रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले – प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो नलगाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको हो ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अष्टभुजा पाठकले देशको स्थायी राजधानी र नामाकरणको विषय संसदमा प्रवेश नगराइ लम्ब्याउन खोजिएको आरोप लगाए । उनले अब पनि ढिला गरिए कांग्रेसलाई स्वीकार्य नहुने उनले बताएका थिए । स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेश गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्