मस्जिदको जग्गा नेपाल प्रहरीका डीएसपीले कबजा गरेको भन्दै संसदमा उठ्याे प्रश्न

काठमाडौं । काठमाडौंको सुन्धारास्थित मस्जिदको जग्गा नेपाल प्रहरीका एकजना (तत्कालीन) प्रहरी नायव उपरीक्षक (डीएसपी)ले आफ्नो नाममा नामसारी गरेको भन्दै संसदमा प्रश्न उठेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका–२२ सुन्धारा छेउको ६ आना १ पैसा क्षेत्रफलको जग्गा भू–माफियामार्फत प्रहरीका तत्कालीन डीएसपीले कब्जा गरेको भन्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी […]

कमल थापाको दुखेसो – पूर्वराजपरिवार नजिकका मान्छेले दुःख दिए

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई पूर्वराजपरिवार नजिकका व्यक्तिबाटै दुःख दिने काम भइरहेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह नजिकका केही व्यक्तितर्फ इंगित गर्दै राप्रपा अध्यक्ष थापाले दरबार वरिपरिकै मान्छेबाट दुःख दिने काम भइरहेको दुखेसो पोखेका हुन् । तर पनि राजा र राज संस्थासँग राप्रपाको दुरी नघट्ने उनको भनाइ छ । […]

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै, सांसदहरुले मन्त्रीलाई प्रश्न गर्ने

काठमाडाैं । प्रतिनिधि सभाको आज (म‌ंगलबार) बस्ने बैठकमा सांसदहरुले मन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजेबाट बस्ने बैठकको सम्भावित कार्ययोजना अनुसार सांसदहरुले सम्बन्धित मन्त्रालयका प्रगति र योजना कार्यान्वयनका बारेमा मन्त्रीहरुलाई प्रश्न गर्ने छन् । विकास खर्च उल्लेख्य मात्रामा हुन नसकेको, जनताको अपेक्षाअनुसार मन्त्रालयहरुले काम गर्न नसकेको भन्दै जनगुनासो बढेकाेले यसबारे सांसदहरुले मन्त्रीलाई […]

बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै गरियाे देश निकाला

काठमाडौं । भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ । निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो । कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी अब्राहमको कटु आलोचकका रुपमा चिनिन्छिन् । विमानस्थलमा रोकेसँगै भारतले […]

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन् पदभार

काठमाडाैं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् । हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् । नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिइन् । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् […]

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, पार्टी कार्यालय तोडफोड

चितवन । चितवनमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू भित्रका विद्यार्थीहरुबीच उत्पन्न विवादले उग्ररुप लिँदा झडप भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर पूर्व माओवादी र पूर्व एमाले पक्षधर विद्यार्थीबीच झडप भएको हो । उनीहरुले चितवनमा रहेको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । पूर्व माओवादी तर्फका विद्यार्थीहरुले एकीकृत भएर […]

नेकपा नेता माइला लामा र पूर्व केन्द्रिय सदस्य लोहनीसहित ५ जना पुनः अदालत परिसरबाटै गिरफ्तार

चितवन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामासहित चार नेतालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । आइतबार जिल्ला अदालत सुनसरीले साधारण तारेखमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले लामासँगै केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्यय र दिपेश राईलाई पुनः गिरफ्तार गरेको हो । जिल्ला न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो […]

काठमाडौंमा तार भूमिगत बनाउने कामकाे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने – अब शहर कुरुप हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको नयाँ अध्याय शुरु भएको उद्घोष गरेका छन । काठमाडौंबाट सुरु गरिएको विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शहरी सौन्दर्यता अभिबृद्धिमा सरकार अघि बढेको जानकारी दिए । तार भूमिगत गर्ने कामले आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने […]

कालापानी गएकाे रक्षामन्त्री नेतृत्वको टाेली ल्याण्ड हुन सकेन, हवाई निरीक्षण गरेर मात्रै फर्कियो

काठमाडौँ । साेमबार बिहान कालापानी सीमा क्षेत्रकाे अवलाेकन गर्न गएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेल सवार हेलिकप्टरमा आकाशबाटै फिर्ता भएको छ। बाक्लो हिउँका कारण रक्षामन्त्री पाेखरेल सवार हेलिकप्टर ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएकाे छ । सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा […]

उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा प्रस्थान, सिमा विवाद बारे के होला ?

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास […]