मस्जिदको जग्गा नेपाल प्रहरीका डीएसपीले कबजा गरेको भन्दै संसदमा उठ्याे प्रश्न

Machchapuchchre

काठमाडौं । काठमाडौंको सुन्धारास्थित मस्जिदको जग्गा नेपाल प्रहरीका एकजना (तत्कालीन) प्रहरी नायव उपरीक्षक (डीएसपी)ले आफ्नो नाममा नामसारी गरेको भन्दै संसदमा प्रश्न उठेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका–२२ सुन्धारा छेउको ६ आना १ पैसा क्षेत्रफलको जग्गा भू–माफियामार्फत प्रहरीका तत्कालीन डीएसपीले कब्जा गरेको भन्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी हुन् ।

राणा शासनको बेला वि.सं. २००२ सालमा मुस्लिम समूदायले धार्मिक कार्यमा भोगचलन गर्ने गरी तत्कालीन सरकारले उक्त जग्गा प्रदान गरेको सांसद खातुनको भनाइ छ । २०४५ सालसम्म उक्त जग्गामा सुन्धारास्थित मस्जिदको नाममा रहेपनि त्यसपछि भने भू–माफियाहरुले व्यक्तिको नाममा नामसारी गरेको खातुनको भनाइ छ ।

‘लामो समयदेखि मुस्लिम समूदायले भोगचलन गर्दै आएको सरकारी जग्गा भू–माफियाहरुले व्यक्तिका नाममा दर्ता गरेका छन् । उक्त जग्गामा रहेको मस्जिदलाई हटाउन चलखेल गरिएको छ,’ सांसद खातुनले भनिन् । खातुनले उक्त जग्गा तत्कालीन डीएसपीको नाममा नामसारी भएको देखिएको बताए पनि डीएसपीको नाम भने उल्लेख गरिनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्