प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै, सांसदहरुले मन्त्रीलाई प्रश्न गर्ने

Machchapuchchre

काठमाडाैं । प्रतिनिधि सभाको आज (म‌ंगलबार) बस्ने बैठकमा सांसदहरुले मन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजेबाट बस्ने बैठकको सम्भावित कार्ययोजना अनुसार सांसदहरुले सम्बन्धित मन्त्रालयका प्रगति र योजना कार्यान्वयनका बारेमा मन्त्रीहरुलाई प्रश्न गर्ने छन् ।

विकास खर्च उल्लेख्य मात्रामा हुन नसकेको, जनताको अपेक्षाअनुसार मन्त्रालयहरुले काम गर्न नसकेको भन्दै जनगुनासो बढेकाेले यसबारे सांसदहरुले मन्त्रीलाई प्रश्न गर्दैछन् । संसदमा सबै मन्त्री उपस्थित हुन नसक्ने देखिएकाले सम्भावित कार्यसूची हट्नसक्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

‘माननीयज्यूहरुले मन्त्रीज्यूहरुलाई संघीय मन्त्रालयको काम–कारबाही र प्रगतिबारे प्रश्न गर्ने कार्यसूची । तर व्यवस्तताका कारण सबै मन्त्रीज्यूहरु बैठकमा उपस्थित हुन नसक्ने देखिएकाले यो कार्यसुची हट्न सकछ,’ सचिवालय स्रोतले भन्यो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्