सम्पादकहरुद्वारा चिनियाँ दूतावासबाट जारी वक्तव्यको भर्त्सना

Machchapuchchre

नेपाली एक निजी मिडियामा छापिएको लेखबारे नेपालका चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आपत्ति जनाएका छन्। बुधबार १७ सम्पादकहरुले एक विज्ञप्ति जारी गर्दै दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाएका हुन् ।

मंगलबारको काठमान्डु पोष्टमा छापिएको ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकको समाचारमा चीनको युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाएको फोटोबारे दूतावासले विज्ञप्ति जारी गरेको थियो ।

१७ सम्पादकले जारी गरेको विज्ञप्तिमा हस्ताक्षर भने गरिएको छैन् । ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकद्वारा जारी विज्ञप्तिमा भनिएको ‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं । दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्