जर्मनीमा बन्दुकधारीको आक्रमणबाट ८ जना मारिए

Machchapuchchre

काठमाडौं । जर्मनीका २ बारमा बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ । जर्मनको पश्चिम सहर हनाउका २ बारमा स्थानीय समयानुसार गएराति १० बजे घटना भएको हो । घटनामा ५ जना घाइते भएका छन् ।

स्थानीयले बताएअनुसार, सुरुमा हनाउस्थित सिसा बारमा गोली चलेको थियो । त्यहाँ ३ जनाको मृत्यु भएको जनाइएको छ । त्यसपछि बन्दुकधारी हनाउनकै केसेल्सटाटस्थित अर्को बार पुगेका थिए । त्यहाँ बन्दुकधारीको गोली लालगेर ५ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ ।

घटना कसले र किन गरायो भन्ने भन्ने खुलेको छैन । घटनामा संलग्नले छाडेका केही प्रमाणका आधारमा जर्मनस्थित प्रहरीले अनुसन्धान थालेको जनाइएको छ । दुवै क्षेत्रमा हेलिकप्टरबाट गस्ती भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्