अडियो प्रकरणबारे सञ्चारमन्त्रीले ३ बजे आफ्नो धारणा सार्वजनिक गर्ने

Machchapuchchre

काठमाडौं । घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् ।अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपममै भन्ने बताए ।

उनले बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने पत्रकारसम्मेलनमार्फत नै सार्वजनिक भएको कुराकानीको अडियोका बारेमा जवाफ दिने बताएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्