मन्त्रालयमा हुने भ्रष्टाचारको सुक्ष्म अध्ययन गर्न छायाँ मन्त्रीहरुलाई देउवाको निर्देशन

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारजन्य गतिविधिको सुक्ष्म ढंगले अध्ययन गर्न निर्देशन दिएका छन् ।

सरकारका कामकारबाहीको निगरानी गर्न भनेर गठन गरिएको छायाँ सरकारको पहिलो बैठकलाई आइतबार सम्बोधन गर्दै देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारको सुक्ष्म ढंगले अध्ययन गर्न छायाँ मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । प्रमुख प्रतिपक्षी कांग्रेसले गत जेठ ६ गते संघीय सरकारका २१ वटै मन्त्रालय हेर्ने गरी छायाँ सरकार गठन गरेको थियो ।

यद्यपि छायाँ सरकारको वैठक भने करिब ९ महिना पछि मात्रै बसेको हो । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा मन्त्रालयगत जिम्मेवारी पाएका सांसद (छायाँ मन्त्री)हरुले आ–आफ्नो प्रतिवेदन सभापति देउवालाई बुझाएका थिए । छायाँ मन्त्रीहरुको प्रतिवेदन बुझ्दै देउवाले सरकारले नीतिगत रुपमा ल्याउने विधेयकमा चनाखो रुपमा सहभागिता जनाउने र पार्टीगत धारणा राख्न निर्देशन समेत दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्