कांग्रेसको पहिलो छाया मन्त्रिपरिषद बैठक- मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

बैठकपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भयानक छ ।

यसबारे सम्बन्धित छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको छ ।’ नेपाली कांग्रेसले सरकारमाथि निगरानी गर्न भन्दै गत जेठ महिनामा छाया मन्त्रिपरिषद गठन गरेको थियो । तर, बैठक बसेको थिएन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्