2७ वटा वाणिज्य बैंकहरु मध्ये १७ वटा बैंकहरुको आधार दर एकल अंकमा

Machchapuchchre

अर्थ राजनीति । १० वटा वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा आएको छ भने बाकि १७ वटा बैंकहरुको आधार दर एकल अंकमा आएको छ । कति बैंकको आधार दर बढेको देखिन्छ भने कति बैंकको आधार दर घटेको देखिन्छ । आधार दर घटेको बैंकहरुमा ऋण लिन जादा ग्रहाकहरुलाई सस्तो व्याजमा ऋण दिइन्छ र साथै आधार दर बढेको बैंकमा ग्रहाकहरुले अलि महंगो व्याज तिर्नुपर्छ ।

अहिले सबैभन्दा सस्तो आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । रास्ट्रिया वाणिज्य बैंकको ६.६ प्रतिशत आधार दर छ । यसपछि नबिल बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक, र हिमालयन बैंकको छ । यी बैंकको आधार दर ९ प्रतिशतभन्दा तल रहेको छ । १० प्रतिशतदेखि माथि र १० प्रतिशतभन्दा तल आधार दर सानिमा, प्राइम, प्रभु, एनआइसी एसिया, ग्लोबल आइएमई, मेगा, नेपाल बंगलादेश, नेपाल एसबिआइ, सनराइज र बैंक अफ काठमाण्डूको रहेको छ । बाँकी बैंकहरुको दोहोरो अंकमा आधार दर रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्