नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । केही समय पहिले नेपालको भ्रमण गरेर फर्किएका उनको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एक ६९ बर्षीया पुरुष रहेका छन् । उनी भ्यालेन्सियाका रहेको जनाइएको छ । सनिट्याट युनिभर्सल आई सलूट पब्लिक विभागले मंगलबार […]

अमेरिकाको टेनिसी राज्यमा बिनाशकारी तूफान, २५ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा बिनाशकारी तूफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कयौं मानिस घाइते भएको सीएनएनले जनाएको छ । नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढि क्षति भएको छ । […]

सबै मिले तीन दशकदेखि अलपत्र पश्चिम सेती बन्न १० वर्ष पनि लाग्दैन : देउवा

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झन्डै तीन दशकदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजना नेपाल आफैंले बनाउनुपर्ने बताएका छन् । सबै राजनीतिक दल एक भए बन्न १० वर्ष पनि नलाग्ने उनको दाबी छ । धनगढीमा भएको विश्व नेपाली साहित्य महोत्सवको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सबै पार्टी एक भए पश्चिम सेती १० […]

विकास निर्माणका कानूनी जटिलता समाधान गर्न तीन मन्त्रीबीच छलफल

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त, गृहमन्त्री रामबहादुर थापा बादल वन तथा वातावरणमन्त्री शक्तिबादुर बस्नेतबीच विकास निर्माणका काममा उत्पन्न व्यवहारिक र कानूनी जटिलता समाधान गर्नेबारे छलफल भएको छ । ऊर्जा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयमा सोमबार आयोजित छलफलबाट समस्या देखिएका स्थानमा तत्काल समाधान गर्ने सहमति भएको छ । उर्जा मन्त्रालयका तर्फबाट मन्त्री पुन […]

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । सांसद नभएको व्यक्ति […]

१० दलीय मोर्चाको संसद घेराउ तथा विरोध प्रदर्शन कार्यक्रम स्थगित

काठमाडौं । दश दलीय मोर्चाले संसद घेराउ तथा विरोध प्रदर्शन कार्यक्रम स्थगित गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजी तथा अतिक्रमित भूमि फिर्ताको माग गर्दै मोर्चाले भोलि संसद घेराउ कार्यक्रम राखेको थियो । तर कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यानमा राखेर आन्दोलनका कार्यक्रम स्थगित गरिएको मोर्चाका अध्यक्ष सीपी गजुरेलले जानकारी दिए ।

बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ले गरे अदालतसमक्ष आत्मसमर्पण

काठमाडौँ । अनुयायी महिला बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनी मंगलबार जिल्ला अदालत सुनसरीमा उपस्थित भएको डिएसपी विनोद शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले गिरीलाई मंगलबार नै कारागार चलान गर्ने तयारी गरेको डिएसपी शर्माले बताए । विराटनगर उच्च अदालतले गिरीलाई गत माघ ९ गते पूर्पक्षका […]

टेकुमा भर्ना गरिएका चारैजनामा कोरोना नभएको पुष्टि

काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ देखिएको छ। अस्पतालले रि’पोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ। चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बि’रामीलाई आइतबार अस्पताल भ’र्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको थियो ।

आजदेखि राष्ट्रियसभाबाट युवराज खतिवडासहित को–को हुँदैछन् बिदा ?

काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु सोमबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण […]

राष्ट्रपति राजपक्षले संसद भंग गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न

काठमाडौं।  श्रीलंकाका राष्ट्रपति गोतवाया राजपक्षले संसद भंग गरेपछि राजनीतिक संकट उत्पन्न भएको छ । राष्ट्रपति राजपक्षले सोमबार संसद भंग गरेका हुन् । संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घोषणा पनि गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग […]