राष्ट्रपति राजपक्षले संसद भंग गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न

Machchapuchchre

काठमाडौं।  श्रीलंकाका राष्ट्रपति गोतवाया राजपक्षले संसद भंग गरेपछि राजनीतिक संकट उत्पन्न भएको छ । राष्ट्रपति राजपक्षले सोमबार संसद भंग गरेका हुन् । संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घोषणा पनि गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका थिए ।

वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो।

सरकारी सूचनाका अनुसार आउँदो वैशाख १३ मा हुनेछ र जेठ १ गते संसद्को पहिलो सत्र शुरु हुनेछ । २ वर्ष अघि पनि प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्