बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ले गरे अदालतसमक्ष आत्मसमर्पण

Machchapuchchre

काठमाडौँ । अनुयायी महिला बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनी मंगलबार जिल्ला अदालत सुनसरीमा उपस्थित भएको डिएसपी विनोद शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले गिरीलाई मंगलबार नै कारागार चलान गर्ने तयारी गरेको डिएसपी शर्माले बताए । विराटनगर उच्च अदालतले गिरीलाई गत माघ ९ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक गिरी अदालतमा सुनुवाइ चल्दै गर्दा आश्रम छाडेर भारततर्फ फरार भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्