नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु

Machchapuchchre

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । केही समय पहिले नेपालको भ्रमण गरेर फर्किएका उनको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एक ६९ बर्षीया पुरुष रहेका छन् । उनी भ्यालेन्सियाका रहेको जनाइएको छ ।

सनिट्याट युनिभर्सल आई सलूट पब्लिक विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा उनले हालै नेपालको भ्रमण गरेर फर्किएको जनाइएको थियो । मन्त्री आना बार्सिलोले यसबारे विस्तृत जानकारी दिएकी थिइन ।

पत्रकार सम्मेलनमा थप दुई जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको थियो । ती दुई जनाले अन्य मुलुकको भ्रमण नगरेको भए पनि संक्रमितहरुसँगको सम्पर्कमा आएको जनाइएको छ । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि स्वास्थ्य मन्त्री साल्भाडोर ईलाले थप सुरक्षा सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

उनले कोरोना भाइरसको आशंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेकी छिन् । उनले भ्यालेन्सियन समुदायमा रहेका मेडिकल, नर्सिङ कलेज, मेडिकल इन्स्टिच्युटहरुलाई पत्र पठाउँदै सभा सम्मेलन तथा ठूला कार्यक्रमहरु नगर्न आग्रह गरेकी छिन् । कोरोनाका कारण स्पेनमा संक्रमित हुनेको संख्या २ सय १० रहको जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्