अमेरिकामा कोरोनाका कारण ४ सय बढीको मृत्यू, एकै दिन ८ हजार ५ सय बढी संक्रमित

अमेरिका । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । एकैदिन अमेरिकामा ८ हजा ५ सय ७६ नयाँ संक्रमित थपिए सँगै अमेरिकामा हालसम्म संक्रमितको स‌ख्या ३२ हजार ७ सय […]

आजबाट लामो दुरीका यातायात सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि अन्ततः नेपाल ‘लकडाउन’ को अवस्थामा पुगेको छ । सरकारले आजदेखि चीन र भारतसँगका सबै १ सय ७० सीमानाका समेत बन्द गरेपछि नेपाल ‘लकडाउन’को अवस्थामा पुगेको हो । आइतबार साँझको मन्त्रिपरिषद्ले गरेको निर्णय आजदेखि लागु भएको हो । नेपाल भारत सीमा एकसाताका लागि बन्द भएपछि आवातजावत ठप्प भएको […]

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले शीलत निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् । ओलीले कोरोनाभाइरस नियन्त्रणकोका लागि सरकारले गरिरहेको काम, पछिल्लो अवस्था लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधामन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक पनि बोलाएका […]

गृहमन्त्री बादल र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हालेका राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आज ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । फागुन १८ गतेपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्ने लागको हो । उक्त मन्त्रिपरिषद बैठकले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।  

कोरोना भाइरसको संक्रमणबाट बच्न जनसमुदायलाई प्रचण्डको अपिल

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले आइतबार विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् । केही […]

कोरोनाको जोखिमबिरुद्ध प्रहरीले काठमाडौँमा सुरु गर्यो सावुन पानी अभियान

काठमाडौँ । चीनको वुहानबाट सुरु भई नेपाल प्रहरीले काठमाडौँमा सावुन पानी अभियान सुरु गरेको छ । यसको सुरुवात आइतबार विहानैदेखि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १६ स्थानमा सरसफाइका लागि पानी तथा साबुनको व्यवस्था गरिएको हो । मानिसको जमघट बढी हुने काठमाडौँका तीन स्थान तथा अस्पतालहरुमा पानीको ट्यांकी तथा साबुनको व्यवस्था गरिएको हो । महानगरीय […]

कोरोना संक्रमित रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु

काठमाडौं । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ,’ उनले ट्विटरमा लेखेका छन्, […]

कोरोना त्रास : शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा, सबै कार्यक्रम बन्द

काठमाडाैं । कोरोना भाइरस कोभिड–१९ संक्रमणको त्रासका कारण राजनीतिक दलले आआफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका छन् । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गर्न थलेका छन् भने कोरोनाबाट बच्ने उपाय अपनाउन थालेका छन् । मिर्गौला […]

भारतमा जनता कर्फ्यू शुरू, कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो

काठमाडाैं । भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको हो । प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै सबै जनालाई […]