प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

Machchapuchchre

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले शीलत निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् ।

ओलीले कोरोनाभाइरस नियन्त्रणकोका लागि सरकारले गरिरहेको काम, पछिल्लो अवस्था लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधामन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । मिर्गौला प्रत्यारोपणपछि निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले अस्पतालबाट फर्किएपछि पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्