गृहमन्त्री बादल र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता, के-के भयो कुराकानी ?

Machchapuchchre

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हालेका राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास समेत व्यक्त गरे ।

भेटमा उनले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबिच सहकार्यको आवश्यकतामा जोड दिए ।

राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहाँसिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । उनले कोरोना भाइरस विरुद्धको लडाईमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्