राष्ट्रिय वाणिज्य बैंकको २९ औं एक्सटेन्सन काउन्टर सिन्धुलीमा

Machchapuchchre

अर्थ राजनीति । बागमती प्रदेश सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको २९ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बिच शुभारम्भ गरिएको छ । शाखा कार्यालय सिन्धुली मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिंग रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्