सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति समेत बैंकको सीइओ बन्न पाउने

Machchapuchchre

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता र क्षमता थप गरेको छ । रास्ट्र बैंकले अब सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ बन्न पाउने नियम ल्याएको छ ।  बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिको आवश्यक्ता एकदमै हुने भएकोले राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । अब सूचना प्रविधि र कम्प्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पुरा गरेका व्यक्ति पनि सञ्चालक तथा सिईओ बन्न पाउने भएका छन् । पहिला राष्ट्र बैंकले व्यवस्थापन, बैंकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र,  वाणिज्यशास्त्र, गणितशास्त्र,  तथ्यांकशास्त्र,  जनप्रशासन,  व्यापार प्रशासन,  एकाउन्टेन्सी र कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने योग्यता तोकेको थियो । अब भने चाहि सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति समेत बैंक तथा वित्तिय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत हुन पाउने निर्णय रास्ट्र बैंकले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्