एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

Machchapuchchre

अर्थ राजनीति । कोरोना भाइरसको त्रास बढ्न थालेपछि नेपाल बैंकर्स संघले नयाँ नीति ल्याएको छ । नीतिमा डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । अब आउँदो आइतबार अर्थात चैत ९ गतेबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने संघले बताएको छ । बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रका कुनै संस्थामा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने जानकारी छ । डिजिटल कारोबार निःशुल्क हुँदा बैंकको काउन्टरमा हुने भिडभाड कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो निर्णय लिएका हुन् । कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम नोट पनि भएकोले सम्भव भएसम्म नोट कारोवारको सट्टा कार्ड तथा विधुतिय कारोवारको माध्यम अपनाउन समेत आग्रह गरीएको छ । ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अरु प्राविधिक समस्या आएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत सम्पर्क गरी समाधान गर्न सकिने विज्ञप्ति मार्फत जनाइएको छ । अब इन्टरनेट मोबाइल लगायत विभिन्न विधुतिय माध्यमबाट गरिने कारोवारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्