अमेरिकामा कोरोनाका कारण ४ सय बढीको मृत्यू, एकै दिन ८ हजार ५ सय बढी संक्रमित

Machchapuchchre

अमेरिका । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ।

एकैदिन अमेरिकामा ८ हजा ५ सय ७६ नयाँ संक्रमित थपिए सँगै अमेरिकामा हालसम्म संक्रमितको स‌ख्या ३२ हजार ७ सय ७८ पुगेको छ । अमेरिकामा १ सय ७८ जना उपचारपछि निको भएका छन् भने ३२ हजार १ सय ८९ जना उपचाररत छन् । ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो। संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्