कोरोना भाइरसको प्रकोप रोक्न बेलायतमा तीन साता राष्ट्रव्यापी लकडाउनको घोषणा

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि बेलायतमा तीन साताको लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप रोक्न बेलायतमा तीन साताको राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् । जोनसनले सोमवार साँझ एक टिभी सम्बोधनमा सबै बेलायती घरपरिवारलाई घरमा नै बस्न आग्रह गरिएको छ । उनीहरुले सरकारको निर्देशन उल्लघंन गरे पुलिसले नै […]

साउदी अरबमा देशभरि कर्फ्यूको घोषणा, २१ दिनसम्म कायम रहने

काठमाडौं । साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् । साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कर्फ्यू आदेशको घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यूको […]

चिनियाँ राजदूतले भनिन्- ‘हामी नेपालकाे साथमा छाैं’

काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमण देखापरेपछि चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुनः दोहोर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले माइक्राे ब्लगिङ साइट ट्वीटरमा भनेकी छन्, ‘ हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ ।’ सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेसँगै चीनको यस्तो […]

कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा

काठमाडौं । कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ । अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु अस्पतालको आइसोलेसनमा उपचारत छन् । आइतबार भर्ना भएका बालकको बुबा दुबईबाट स्वदेश फर्किएको र आज (आइतबार) भर्ना भएका दुई बालकमध्ये एकजनाको चाइनाबाट काका आएको र […]

अर्घाखाँची जिल्लालाई आज राति १२ बजेबाट ‘लकडाउन’को घोषणा गरिँदै

काठमाडौँ । आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । सतर्कता अपनाउन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य […]

कोरोनाबाट देश मुक्त नहुँदासम्म प्रतिरोधबाहेकका आक्रामक कारबाहीहरू बन्द – विप्लव

काठमाडौँ। कोरोना भाइरसको त्रासले देश अस्तव्यस्त बनेका बेला प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सचेत रहन सबैलाई आम नेपालीलाई अनुरोध गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार एक बिज्ञप्ति जारी गर्दै कोरोनाबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी गराएका छन् । उनले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू […]

स्वास्थ्यमन्त्री ढकालद्वारा आकस्मिक पत्रकार सम्मेलन, कोरोनाबारे जानकारी दिने

काठमाडौं । युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन लागेका हुन् । सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड […]

नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्षसमेत रहेका विप्लवका दाइ जयन्द्र गिरफ्तार

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चयन्द्र चन्दसहित ६ गिरफ्तार परेका छन् । चन्दलाई ललितपुर आइतवार राति गिरफ्तार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी जावलाखेलबाट पक्राउ परेका हुन् । चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।

कोरोना भाइरस – साउदी अरबमा आजदेखि २१ दिनसम्म आंशिक कर्फ्युको घोषणा

रियाद । साउदी अरबमा सोमबारदेखि २१ दिनसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने भएको छ । प्रधानमन्त्रीसमेत रहेका साउदी राजा सलमान बिन अब्दुलअजिजले कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आंशिक रुपमा कर्फ्युको घोषणा गरेका हुन् । साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले सैनिक अधिकार र नागरकिलाई कर्फ्युको पालना गर्न गराउन निर्देशन दिएको छ […]

चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी परेन, संसदीय सुनुवाइ आज

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेमाथिको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो । संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो । पाण्डेविरुद्ध आइतबारसम्म संसदीय सुनुवाइ […]