अर्घाखाँची जिल्लालाई आज राति १२ बजेबाट ‘लकडाउन’को घोषणा गरिँदै

Machchapuchchre

काठमाडौँ । आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

सतर्कता अपनाउन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकलको आवागमन आज राति १२ बजेपछि बन्द हुनेछ । मालवाहक सवारी साधन निर्वाधरूपमा चल्नेछन् । मालवाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परीक्षण हुने भएको छ ।

औषधि पसल र पेट्रोलपम्प २४सै घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुला रहनेछन् । दूध डेरी, फलफूल तथा तरकारी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म खुला हुने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्