कोरोनाको जोखिम रोक्न यस्तो छ नेपाली सेनाको तयारी

काठमाडौं । नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ । कोभिड–१९ संक्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सव युनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा […]

भारतमा मंगलबार रातिबाट देशभरि २१ दिन ‘लक-डाउन’

भारतमा मंगलबार मध्यरातबाट देशभरि २१ दिनकाे ‘लक-डाउन’ लागू गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश ‘लक-डाउन’ गरिएको हो। यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ। ‘आगामी २१ दिन हाम्रो दिन अत्यन्तै […]

सीमानाकामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिइने

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणलाई  मध्यनजर गर्दै सबै सीमा नाका बन्द गरेपछि पनि केही नेपाली नेपाल भारत सीमामा आइपुगेर अलपत्र परेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले उनीहरुलाई एक पटकका लागि नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको हो । तर उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

कोरोना रोकथाम कोषमा प्रमुख विपक्षी नेपाली कांग्रेसले दियो ५० लाख

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापित सरकारी कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर पार्टीका तर्फबाट ५० लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको जानकारी दिए । यस्तै, कांग्रेस संसदीय दलको बैठकले पार्टीका संघीय सांसदहरुले १५ दिनको तलब उक्त कोषमा जम्मा […]

कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक कोरोना रोकथाम कोषमा उपलब्ध गराउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका संघीय संसद्‍मा रहेका सांसदहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा १५ दिनको पारिश्रमिक उपलब्‍ध गराउने भएका छन् । कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाणले कांग्रेसका संघीय संसद्‍मा रहेका सांसदहरुले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । कांग्रेसका संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा ६३ र राष्ट्रिय […]

जिम्बावेमा कोरोनाबाट ३० वर्षीय टिभी पत्रकारको मृत्यु

काठमाडाैं । जिम्बावेका ३० वर्षीय टिभी पत्रकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। सोमबार ज्यान गुमाएका पत्रकार जोरोरो माकाम्बा त्यहाँको पहिलो कोरोनाभाइरस संक्रमित व्यक्ति रहेको सिएनएनले जनाएको छ। उनमा कोरोनाको लक्षण देखिएपछि जिम्बावेको राजधानी हारारेको अस्पतालमा उपचारका लागि गत बिहीबार भर्ना गरिएको थियो। उनी केही समयअघि न्युयोर्कमा भएको बेला उनमा कोरोनाभाइरस सरेको अनुमान गरिएको छ। उनलाई […]

कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाद्वारा घोडेजात्रा सामारोह स्थगित

काठमाडौं । नेपाली सेनाले घोडे जात्र समारोह २०७६ स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमको जोखिमलाई मध्यनजर गर्दै सेनाले घोडेजात्रा समारोह स्थगित गर्ने निर्णय गरेको हो । हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन घोडे जात्रा पर्व मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक पर्वको रुपमा रहेको घोडेजात्राको दिन नेपाली सेनाले […]

कोरोना भाइरस प्रकोप – सबै युद्ध रोक्न संयुक्त राष्ट्रसंघको आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वमा जारी सबै युद्ध रोक्न आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले कोभिड-१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य सङ्कट भएको बताउँदै यो जोखिमकाबिरूद्ध लड्न सबै युद्ध रोक्न आवश्यक भएको बताएका छन्। उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको […]

लकडाउनको उल्लंघन गरी सडकमा निस्किने १० जना पक्राउ

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको ‘लकडाउन’को आदेश उल्लंघन १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी विना कामकाज घर बाहिर निस्किएका १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए […]

चीनमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका बिरामीको ‘हान्ता भाइरस’ले मृत्यु

चीन । चीनमा कोरोना भाइरस नियन्त्रउन्मुख भइरहेको बेला ‘हान्ता भाइरस’का कारण एक जनाको मृत्यु भएको छ । उत्तर पश्चिमी चीनमा हान्ताभाइरसका कारण एक जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ । ती बिरामीमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको भए पनि हान्ता भाइरसका कारण मृत्यु भएको जनाइएको छ । चीनको उत्तरपश्चिमी शानक्सी प्रान्तमा हान्ता भाइरसबाट एक […]