पाकिस्तानमा ३ पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि

काठमाडौं । पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए। यता, टीभ च्यानलका कार्यकारी निर्देशक […]

नयाँ सङ्क्रमित भेटिएपछि थप रणनीतिमा सरकार, यस्त छ तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ । कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप रणनीति अपनाउन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले अपनाइएको रणनीतिलाई थप मजबुत बनाउँदै लगिने बताएका छन् । बुधबार खाडी मुलुकबाट आएका एक जनामा नमूना परीक्षणका […]

आपूर्ति सहज बनाउन चीनसँगका नाका खुलाउने सरकारको निर्णय

काठमाडौं । कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै चीनका नाका भने खुल्ला गर्ने भएको छ । भारतसँग जोडिएका १ सय ६४ वटा सीमा नाका भने बन्द नै रहनेछन् । चीनसँगका पनि ६ वटा मध्ये २ वटा खुल्ला गर्ने सरकारले […]

नेकपा नेता नविन र अनेमसंघ महासचिव धिरेन्द्रा उपाध्याय ९ महिनापछि रिहा

काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र सोहि पार्टीनिकट महिला संगठन अखिल नेपाल महिलासंघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय रिहा भएका छन् । मंगलबार सर्वोच्च अदालतको आदेशमा बिक ७ र उपाध्याय ९ महिनापछि रिहा भएका हुन् । बन्दीप्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले दुबैजनालाई छोड्न आदेश दिएपछि […]

लकडाउनका कारण संसद बैठक २३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत २३ गतेसम्मका लागि सरेको छ । संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर कोरोना भाइरसको सम्भावित संक्रमणका सरकारले लकडाउन र अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको बताएका छन् । यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक पनि बिहीबार बस्ने गरी स्थगित भएको थियो । यही […]

लण्डनमा कोरोना संक्रमित नेपाली निको भएर घर फर्किइन्

लन्डन । लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको भएर घर फर्किएकी छन्। कोभिड-१९ पोजिटिभ देखिएपछि गत शुक्रबार अस्पताल भर्ना भएकी भगवती रानाभाट मंगलबार डिस्चार्ज भएको उनका पतिले जानकारी दिए। उनले भने -‘चिकित्सकहरुको बैठकपछि उनलाई डिस्चार्ज गर्ने निर्णय भएको रहेछ। अहिले हामी एउटै घर तर बेग्लै कोठामा छौं। उनी पूर्णरुपमा स्वस्थ छिन्।’ अस्पतालले श्रीमानसहित छोराछोरीलाई […]

लकडाउनले रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने दिल्ली सरकारको घोषणा

काठमाडौं । भारतले २१ दिनको लकडाउन गरेपछि तत्काललाई रोजगारी गुमाएका श्रमिकलाई दिल्ली सरकारले तत्काललाई पाँच/पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ । कोरोनाको भाइरसको जोखिम उच्च भएपछि केन्द्र सरकारले मंगलबार मध्यरातिदेखि २१ दिनको लकडाउन गरेसँगै दिल्ली सरकारले यस्तो घोषणा गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार निर्माण कार्यमा संलग्न मजदुरका लागि पाँच/पाँच हजार भारतीय […]

लकडाउनका बेला कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५२ यात्रु पक्राउ

वीरगन्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको देशव्यापी लकडाउनका बेला मालवाहक लरीको कन्टेनर चढेर वीरगन्ज आइपुगेका यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कन्टेनरभित्र लुकेर वीरगन्ज आइपुगेका ५२ जना यात्रुलाई मंगलबार राति १२ बजे पक्राउ गरेको हो । सोमबार काठमाडौंमा सामान झारेर फर्किएको ना ५ ख ९५५२ नम्बरको […]

नेपाल लकडाउनको दोस्रो दिन, केछ देशभरको अवस्था ?

काठमाडाैं । ‘लकडाउन’को दोस्रो दिन आज देशभरिको अवस्था सामान्य छ । सडकमा अत्यावश्यक बाहेकका गाडीहरु चलेका छैनन् ।अत्यावश्यक सेवाका र केही अत्यन्तै जरुरी काममा रहेका रहेका बाहेकका गाडीलाई चल्न रोकिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सार्वजनिक गाडी भने कुनै पनि चलेका छैनन् । ‘लकडाउन’का बेला घरबाट निस्कन पनि पाइँदैन । घरबाट निस्किए वा गाडी […]

इटालीमा थप ७४३ जनाको मृत्यु , संक्रमितको संख्या सार्वजनिक भएभन्दा १० गुना बढी हुनसक्ने

काठमाडाैं । दुई दिनसम्म मृतकको संख्या घटेको इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो समय फेरी बढेको छ। त्यहाँको नागरिक सुरक्षा विभागले २४ घण्टाको अवधिमा मंगलबारसम्ममा थप ७४३ जनाको मृत्यु भएको जनाएको छ। सोमबार संक्रमणबाट ६०२ जनाको मृत्यु भएको थियो। इटाली पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक बनेको छ। हालसम्म संक्रमणका कारण […]