नेकपा नेता नविन र अनेमसंघ महासचिव धिरेन्द्रा उपाध्याय ९ महिनापछि रिहा

Machchapuchchre

काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र सोहि पार्टीनिकट महिला संगठन अखिल नेपाल महिलासंघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय रिहा भएका छन् । मंगलबार सर्वोच्च अदालतको आदेशमा बिक ७ र उपाध्याय ९ महिनापछि रिहा भएका हुन् ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले दुबैजनालाई छोड्न आदेश दिएपछि दुबै जना रिहा भएका हुन् । विश्वकर्मा माइला लामा गिरफ्तार परेपछि उपत्यका इन्चार्ज थिए । दुबैजनालाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

उपाध्यायलाई प्रहरीको विशेष ब्युरोले साउन १४ गते काठमाडाैंकाे बुढानिलण्ढबाट गिरफ्तार गरेकाे थियाे भने विकलाई असोज ७ गते काठमाडाैंकै नयाबानेश्वरबाट गिरफ्तार गरेको थियो । दुबै जनालाई झण्डै सात महिना नख्खु जेलमा राखि काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरेपछि पुनः गिरफ्तार गरी सुनसरी हुँदै कालिकोट पुर्याइएको थियो ।

त्यसपछि उनीहरूलाई दैलेख पुर्याएको थियो भने त्यहाँबाट भक्तपुर ल्याएको थियो । कतै बिस्फोट त कतै हातहतियारको मुद्दा बनाएर प्रहरीले देशभर डुलाए पनि पुष्टि हुन नसकेपछि अन्ततः उनीहरु रिहा भएका हुन । यसअघि पनि दुवै जनालाई गत चैत ३ गते सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले अदालत गेटबाटै पुनः गिरफ्तार गरेको थियो । नेतृ उपाध्याय पहिलो संविधानसभाकी सभासद हुन् भने नेता विश्वकर्मा पूर्वराज्यमन्त्री हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्