लकडाउनले रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने दिल्ली सरकारको घोषणा

Machchapuchchre

काठमाडौं । भारतले २१ दिनको लकडाउन गरेपछि तत्काललाई रोजगारी गुमाएका श्रमिकलाई दिल्ली सरकारले तत्काललाई पाँच/पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

कोरोनाको भाइरसको जोखिम उच्च भएपछि केन्द्र सरकारले मंगलबार मध्यरातिदेखि २१ दिनको लकडाउन गरेसँगै दिल्ली सरकारले यस्तो घोषणा गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार निर्माण कार्यमा संलग्न मजदुरका लागि पाँच/पाँच हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् । दिल्ली सरकारको यो घोषणापछि झण्डै ४६ हजार मजदुरलाई फाइदा हुने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्