चीनमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका बिरामीको ‘हान्ता भाइरस’ले मृत्यु

Machchapuchchre

चीन । चीनमा कोरोना भाइरस नियन्त्रउन्मुख भइरहेको बेला ‘हान्ता भाइरस’का कारण एक जनाको मृत्यु भएको छ । उत्तर पश्चिमी चीनमा हान्ताभाइरसका कारण एक जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ ।

ती बिरामीमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको भए पनि हान्ता भाइरसका कारण मृत्यु भएको जनाइएको छ । चीनको उत्तरपश्चिमी शानक्सी प्रान्तमा हान्ता भाइरसबाट एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार घोषणा गरेका हुन्।

स्थानीय अस्पतालमा ती बिरामीको स्वास्थ्य परीक्षण गर्दा हान्ता भाइरस न्यूक्लिक एसिड ‘पोजेटिभ’ देखिएको थियो ।उनको कोरोनाको परीक्षण भने नेगेटिभ देखिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्